मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए



बामाको मालीे, ११ चैत । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ।
दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनमा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ।
नोटमा भनिएको छ हिंसा देशको केन्द्रमा विशेष गरी बन्दियागारा, डुएन्जा, मोप्ती र सेगोउ क्षेत्रहरूमा किन्द्रित थियो । सन् २०१२ देखि मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक सङ्कटको सामना गरिरहेको छ।
स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–सामुदायिक हिंसाले यस पश्चिम अफ्रिकी देशमा हजारौंको ज्यान लिएको छ भने हजारौं विस्थापित भएका छन्। (रासस–एएनआई ÷ सिन्ह्वा)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान