सन्चारकर्मी र सन्चारगृहको वृतिविकासका लागि बजेटको कमी हुन नदिने मुखयमन्त्री राउतको प्रतिबद्धता



वीरगन्ज, ११ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा रहेका सन्चारकर्मी र सन्चारगृहका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनु भएको छ ।आज वीरगन्जमा मिडिया काउन्सिलले आयोजना गरेको सन्चारमाध्यम र पत्रकार आचार संहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताउनु भएको हो ।

प्रदेशका सन्चारकर्मी र सन्चारगृहका लागि प्रदेश सरकारले शुरु देखि नै धेरै गर्न चाहेको भएपनि विविध कारणले हुन नसकेको स्वीकार्दै उहाले प्रदेश सरकारबाट केहि कमजोरी भएपनि ती सबैको जिम्मेवारी आफुले मात्र लिन नसक्ने बताउनुभयो । यसको जिम्मेवारी सम्बन्धित मन्त्रालयले पनि लिनु पर्ने उहाले बताउनुभयो ।प्रदेश सरकारले मिडिया काउन्सिल र आम सन्चार प्राधिकरण गठन गरेको बताउदै मुख्यमन्त्री राउतले दुवै निकायले काम पनि शुरु गरिसकेको बताउनुभयो ।

उहाले प्रदेशका सन्चारकर्मी र सन्चारगृहको वृतिविकासका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा मधेसका सन्चारकर्मीको भूमीका अहम र प्रशंसनीय रहेको पनि उहाले बताउनुभयो । उहाले इमान्दारिताका साथ सत्य तथ्य सुचना जनता माझ सम्प्रेषण गर्न पनि सन्चारकर्मीहरुसंग आग्रह गर्नुभयो ।मधेस प्रदेशमा कर्मचारी नै थोरै भएको र भएका कर्मचारीले समेत प्रदेश सरकारलाइ अटेरी गर्दै आएकाले काम गर्न समस्या भइरहेको गुनासो पनि उहाको थियो ।

मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले मधेशका पत्रकारहरुका लागी सरकार सहकार्य र सहयोगको लागी सधै अगाडी अगाडी रहेको बताउनुभयो । मधेश प्रदेशका पत्रकारहरुका लागी सरकारले केहि समयमा आवश्कता अनुसारको सहयोग गर्ने विश्वास उहाले दिलाउनुभयो । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले मधेश प्रदेश सरकारले सन्चारकर्मीका लागी अहिले सम्म केहि नगरेको आरोप लगाउनुभयो ।

उहाले विगतको समयमा तिन पटक ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै सरकार यसमा गम्भीर नभएको बताउनुभयो । अहिले पनि कोरोनाको समयमा समस्यामा परेका संचारगृह र पत्रकारहरुलाई राहतको व्यवस्था गर्न सरकारसंग अध्यक्ष कर्णले आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले पनि मधेश प्रदेश सरकार नेपाल पत्रकार महासंघका पत्रकारहरु संग सहकार्य गर्ने कहिले पनि गम्भीर नभएको गुनासो गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारहरुलाई राजनितिक दलले आवश्यक परेको बेलामा प्रयोग मात्र गरेको बताउनुभयो । मिडिया काउन्सिलका अध्यक्ष शीवहरि प्रसाद भटटराइको अध्यक्षतामा भएको कार्यक्रममा आमसन्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसी लामिछाने ,बारा शाखा अध्यक्ष रेशम तिवारीका साथै पर्सा , बारा र रौतहट जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन