नेकपा एमाले को वडा भेला बहुदरमाई नगरपालिका वडा न.६ गम्हरियामा सम्पन्न



वीरगन्ज, ११ चैत । नेकपा एमाले को वडा भेला बहुदरमाई नगरपालिका वडा न.६ गम्हरियामा सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटी आज एक समारोह का बिच बहुदरमाई नगरपालिका वडा न.६ गम्हरियामा गठन भएको छ । बहुदरमाई नगरपालिका पार्टीका नगर अध्यक्ष प्रमोद कुशवाहा ज्युको अध्यक्षता एवम नेकपा एमाले का नेता शिव पटेल ज्युको प्रमुख आतिथ्यमा आयोजित वडा भेलाले ध्रुब साह ज्यु को अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्ष रामेश्वर मह्तो, सचिव अनिल कुशवाहा,सह सचिव मुक्तिनारायण कानु रहनु भएको छ । नेकपा एमाले का नगर सदस्य उमेश साह ले संचालन गर्नु भएको सो भेलामा प्रमुख अतिथी शिव पटेल, बुधीजिवि नेता रमेश प्रसाद साह,नेकपा एमाले का जिल्ला सदस्यद्वय पुरन प्रसाद कुर्मी, बहुदरमाइ नपा–६ का वडा अध्यक्ष केदार तिवारी,कृष्ण यादव, रामबाबु साह, सुर्य प्रसाद कलवार लगायत ले सम्बोधन गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन