.सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्य
वीरगन्ज, ११ चैत । .सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका वडा नंबर १ त्रिबेणीका २५ वर्षीय शिव कुमार बछार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आज विहान करिब १० बजे सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ४ रिङ रोडमा विद्युतको पोल गाडने क्रममा ११ हजार भोल्टको तारमा उक्त पोल छोइएपछि करेन्ट लागेर बछारको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । करेन्ट लागेर घाईते भएका बछारलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवामा पुरयाउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।