सडकमा अलपत्र परेका बेसाहाराहरुलाइ आश्रय दिदै आएको मानव सेवा आश्रमको भवनको शीलन्याश , वीरगन्ज महानगरपालिकाद्धारा ५० लाख रुपैयाँ सहयोग



वीरगन्ज, ११ चैत । सडकमा अलपत्र परेका बेसाहारा मानिसलाई गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्दै आएको मानवसेवा आश्रम वीरगञ्जका लागि बन्ने भवनको आज शिलान्यास गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सङ्घीय सांसद् प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले संयुक्त रुपमा भवनको शिलान्यास गर्नु भएको हो ।

वीरगन्ज १५ मा महानगरपालिकाले उपलब्ध गराएको लगभग १८ कठ्ठा क्षेत्रफलमध्ये १४ कठ्ठामा भान्छा घर, तालिम हल, बेसाहाराहरुलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृहसहितको भवन निर्माण गरिने आश्रमका प्रदेश संयोजक देवेश गुप्ताले बताउनुभयो ।

बाँकी रहेको जग्गामा घुमघाम गर्नका निमित्त पार्क र अन्य रचनात्मक गतिविधिका लागि खाली रहने छ । भवन निर्माणमा लगभग १८ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको गुप्ताले जानकारी दिनुभयो । तिन वर्ष भित्र भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गर्मीमा शितल र जाडोमा न्यानो दिने प्रविधि रेम्ड अर्थ प्रविधिबाट भवन निर्माण गर्न लागिएको गुप्ताले बताउनुभयो । आश्रमको भवन निर्माणका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग पनि उपलब्ध गराएको छ ।

जसमध्ये २५ लाख रुपैयाँबाट आश्रम अगाडीको रहेको जग्गालाई बाटो प्रायोजनका लागि खरिद गरिएको छ र बाँकी २५ लाखबाट माटो पूर्ण र अन्य प्रारम्भिक कामहरु भइरहेको छ ।शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले आश्रम निर्माणमा लाग्ने खर्चका लागि प्रदेश सरकारले भएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ छुट्ट्याएपनि जग्गाको आभवमा खर्च गर्न नपाएको उहाले बताउनुभयो । मानव सेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ । मानव सेवा आश्रमले २०८० साल भित्रमा आश्रम शाखाहरुको भवन बनाइसक्ने, २०८१ सालसम्म जनचेतना फैलाउने र २०८२ साल बैशाख १ गते औपचारिक रुपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । २०७४ साल जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ६ जना बालबालिका सहित ६२ जना आश्रित छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन