वीरगञ्ज पब्लिक कलेजको नवनिर्मित भवनको उद्घाटन
वीरगन्ज, ११ चैत । वीरगञ्ज पब्लिक कलेजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पानीट्यांकीस्थित कलेजको नवनिर्मित भवनको आज एक कार्यक्रम बीच उद्घाटन गरिएको हो । कलेजले ‘ब्लक बी’ नाम दिएको भवनको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले गर्नु भउको हो ।
उद्घाटन कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमदत्त पौडेल, कलेजका निर्देशक प्राध्यापक डाक्टर दीपक साक्य, काठमाडौँका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।त्यसैगरी कलेजलको नयाँ बन्न लागेको भवनको भूमि पूजन पनि गरिएको छ । नवनिर्मित भवनको छेउमै रहेको जग्गामा कलेजले बनाउन लागेको भवनको भूमिपूजन गरिएको हो । भूमिपूजन पनि प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले गर्नु भएको हो ।