भरतपुर महानगरपालिका प्रशासकीय भवनको प्रचण्डद्धारा शिलान्यास
वीरगन्ज, ११ चैत । भरतपुर महानगरपालिकाले प्रशासकीय भवनको शिलान्यास गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुविधायुक्त भवनको आज शिलन्यास गर्नुभएको हो । सो आधुनिक भवन एक बेशर्मेट सहित ६ तले हुने छ, जसमा २ वटा लिफ्ट, जेष्ठ नागरिक प्रतिक्षा कक्ष, पुस्तकालय सहित अपाङ्मैत्री उक्त भवन निर्वाण अवधि दुई वर्ष ६ महिनाको रहनेछ । भवनको लागत रकम ९४ करोड पेश गरिएको छ ।
भवनको शिलन्या गर्दै प्रचण्डले भरतपुर महानगरपालिकाको देशभरी एउटा पहिचान बनेको बताउनुभयो । आम नेपाली संगै दुनियाँले विकासको मोडल र गतिविधिलाई विश्वले नै भरतपुर महानगरलाई विशिष्ट महानगरको रुपमा हेर्ने गरेका प्रचण्डले बताउनुभयो ।