पर्साको जंगलमा बिगतं एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन



कृष्णमोहन साह
वीरगन्ज, १३ चैत । पर्साको जंगलमा बिगतं एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो लागेको एकहप्ता भइसक्दा पनि त्यसलाइ निभाउन सम्बन्धित निकायले पहल नगरेको स्थानीयवासीले गुनासो गरेका छ्न । सेक्टर बन कार्यालय वसन्तपुर, ईलाका बन कार्यालय हरैया, भतौडा र रङ्गपुर, सेक्टर बन कार्यालय बढ्नियार तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्ट, चारभैया पोस्ट गडुवालाइन, निर्मल बस्ती पोस्ट, पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिती अन्तर्गत रहेको बन क्षेत्रमा बिगत १ हप्ता देखि डढेलो लागेको हो ।

डढेलोका कारण करोडौं मुल्य बराबरका काठ तथा बोट्बिरुवाहरु जलेर नस्ट भएको स्थानीय वासिन्दाले बताएका छन् । आगलागीबाट निस्केको धुवाँले जङ्गल नजिकैका मानव वस्तीहरुमा समेत असर पारेको छ । डढेलोको धुवाँले जंगलको नजिकै रहेका वस्तीका स्थानीयहरुमा आँखा चिलाउने, आँखा रातो हुने, बिहानको समयमा धुवाँले अध्यारो हुने जस्ता समस्या देखिएको छ ।

डिभिजन वन कार्यालय पर्साका प्रबक्ता सहायक बन अधकृत रेयाज अहमद अन्सारीले भने डढेलो नियन्त्रणका लागि जनशिक्त परिचलन गरि सकिएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बन रक्षको टोली परिचालन गरिएको र बाकी स्थानको पनि आगो नियन्त्रणको लागि जिल्लाले निर्देशन दिइसकेको उहाले बताउनु भयो ।

जंगलमा ल ागेको आगो नियन्त्रण बन कर्मचारी र प्रहरीले मात्रै गर्न नसक्ने भएकोले स्थानीयवासीको पनि सहयोग आवश्यक रहेको अन्सारीले बताउनु भयो । यसैबीच सुनाखरि उपभोक्ता समिती र पन्चनुखी सामुदायिक बनमा लागेको डढेलो निभाउन स्थानीयवासी नै खटेका छन् । उपभोक्ताहरु, विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा आगो निभाउन प्रयास भैरहेको भन्दै सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनले कतिपय ठाउँमा डढेलो नियन्त्रणमा पनि आइसकेको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण