वीरगन्जबाट जनकपुर जादै गरेको बस , सर्लाहीमा दुर्घटना हुदा ४ जना यात्रुको मृत्यु, ३२ जना घाइते



वीरगन्ज, १३ चैत । वीरगन्जबाट जनकपुर जादै गरेको एक यात्रुवाहक बस , पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आज बिहान ११ बजे दुर्घटना हुदा चार जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुवाहक बस , फुलजोरस्थित फुलजोर पुलको रेलिङ भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक केदारमान दोङले बताउनुभयो ।

बस खोलामा खस्दा चार जना यात्रुको मृत्यु भएको र उनीहरुको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालक र यात्रु गरि ३२ जना घाइते भएका छन् । गम्भिर घाइते ४÷५ जनालाइ उपचारका लागि वीरगन्ज पठाइएको र बाँकी घाइतेहरुहरुको लालबन्दी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

ट्राफिक प्रहरी निरीक्षक दोङले दुर्घटनाबारे यकिन विवरण संकलनको काम भइरहेको जानकारी दिनुभयो । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन