पशुपति आदर्श क्लबको नवनिर्मित भवन उद्घाटन
वीरगन्ज, १३ चैत । बिरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको पशुपति आदर्श क्लबको नवनिर्मित भवनको आज महानगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गर्नु भएको छ ।आदर्शनगर स्थित स्वीमीङ पुल छेउमा महानगरपालिकाको बजेटबाट निर्मित भवनको आज सरावगीले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रामनगीना साह कानु र क्लबका वरिष्ठ सल्लाहकार अमृत नगरकोटीलाइ खादा ओढाएर सम्मान पनि गरिएको थियो ।