जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लब बीच खेल हुने
वीरगन्ज, १३ चैत । बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लब बीच खेल हुदैछ । यी दुई टिम बीचको खेल सिमरा रंगशालामा साझ ६ बजे देखि सुरु हुनेछ ।यसअघि हिजो बेलुकी भएको खेलमा बिजय युथ क्लब हेटौडालाई ३–१ गोलले पराजित गर्दै न्युरोड टिम एनआरटी काठमाण्डौ , प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा जारी प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद पाँच लाख रुपैया पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुनेछ ।