पर्सागढी नगरपालिकाको विभिन्न टोलमा नेकपा एमालेको टोल कमिटी गठन
प्रमोद यादव
वीरगन्ज, १३ चैत । पर्साको पर्सागढी नगरपालिकाको विभिन्न टोलमा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ । वडा नम्बर ४ को कनेरवामा अरुण पन्जियारको अध्यक्षतामा ३१ सदस्यिय , बसवरीयामा विरा दास थारुको अध्यक्षतामा ७ सदस्यिय , वडा नम्बर ३ को बिरूवामा रामपती देबी माझीको अध्यक्षतामा १३ सदस्यीय , वडा नम्बर ८ रमौलीमा गोविन्द रामको अध्यक्षतामा ३१ सदस्यिय टोल कमिटी गठन गरिएको हो ।एमाले जिल्ला कमिटी सहसचीव गोकर्ण पाठक र पर्सागढी नगर कमिटी सदस्य पुजा चौधरीको अगुवाईमा टोल कमिटीहरु गठन गरिएको हो ।