वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुप्ताको नेतृत्वमा काठमाण्डौ गएको सङ्घको टोलीले विभिन्न उच्च तहका व्यक्तिहरुसँग भेटघाट तथा छलफल



वीरगन्ज, १३ चैत । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डाक्टर सुबोधकुमार गुप्ताको नेतृत्वमा काठमाण्डौ गएको सङ्घको टोलीले विभिन्न उच्च तहका व्यक्तिहरुसँग भेटघाट तथा छलफल गरेको छ । संघको टोलीले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेय र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग भेटघाट गरेर उद्योग व्यावसायका क्षेत्रको समस्या र सुरक्षाको बारेमा छलफल गरेको हो ।

छलफलका क्रममा सङ्घका अध्यक्ष डाक्टर सुबोधकुमार गुप्ताले सिमरामा अवस्थित सेजमा उद्योगहरु स्थापनाको लागि नीतिगत सुधार ल्याउनुपर्ने, सुख्खा बन्दरगाहको पूर्वाधार विकास गर्नुपर्ने, आईसिपीभित्र क्वारेन्टाइन स्थापना गर्नुपर्ने, आईसिपीभित्र शीत भण्डार, दमकल र एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले वीरगञ्ज–ठोरी–चितवन सडक खण्डमा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वीरगञ्ज–ठोरी–चितवन हुलाकी मार्गको निर्माण हुनुपर्ने, तराई–काठमाडौं द्रुतमार्गको निर्माण र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमा सम्पन्न हुनपर्ने लगायतको सुझाव दिनुभयो ।

वाणिज्य तथा आपूर्ति सचिव डाक्टर गणेशप्रसाद पाण्डेयले वीरगन्ज उद्योग वाणिज्य सङ्घले दिएको सुझावलाई आपूmले सकारात्मक रुपमा लिएको पनि बताउनुभयो । उहाँले वाणिज्य तथा आपूर्ति सम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समय सापेक्ष समाधान गर्दै जाने आश्वासन दिनुभयो । उहाँले सुख्खा बन्दरगाह र आईसिपी सफलतापूर्वक सञ्चालनका लागि चाहिने पूर्वाधार निर्माण गर्न पहल गर्ने बताउनुभयो । त्यस्तै सिमरामा अवस्थित सेजमा उद्योगहरु स्थापनाको लागि नीतिगत सुधार गर्न पहल गर्ने पनि उहाले बताउनुभयो ।

त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघको टोलीले प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसँग पनि भेटघाट गरेर औद्योगिक सुरक्षाको विषयमा जानकारी गराएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुप्ताको नेतृत्वमा सङ्घको एक शिष्ट मण्डलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेको छ ।

छलफलका क्रममा सङ्घका अध्यक्ष डाक्टर गुप्ताले औद्योगिक सुरक्षा बलको पुनः स्थापना हुनुपर्ने, सीमा सुरक्षा बैठकको निरन्तरता दिनु पर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजना संचालनका लागि कोषको व्यवस्थापन राज्यको तर्फबाट गरिनुपर्ने तथा उक्त परियोजनामा दक्ष जनशक्तिको परिचालन गरिनुपर्ने सुझाव दिनुभयो ।

मालवाहक सवारीसाधनलाई चेकजाँच गर्ने निकाय हुँदाहुँदै पनि प्रहरी प्रशासनबाट विभिन्न बहानामा दुःख दिने गरिएको कार्यलाई बन्द गरिनुपर्ने लगायतको सुझाव पनि उहाले दिनुभयो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा सम्बन्धी सुझावहरुलाई आपूmले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले मुलुककै शान्ति सुरक्षाप्रति आपूm सम्वेदनशील रहेको बताउनुहुँदै आफू पनि डिजिटल सेक्युरिटीका पक्षपाती भएकोले डिजिटल पोलिसिङ्गको नीति लिएको र वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको प्रबन्ध गर्ने बताउनुभयो । सीमांचल क्षेत्रको शान्ति सुरक्षा प्रति आपूm गम्भीर रहेको बताउदै थापाले व्यवहारिक एवम् नीतिगत समस्याहरुलाई समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल
मधेश प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सार्वजनिक(पूर्णपाठ)