स्थानीय तहको निर्वाचनका लागि पर्सा सहित ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकियो



वीरगन्ज, १३ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि पर्सा सहित देशैभरका सबै स्थानीय तहहरुमा निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन आयोगले पर्सा सहित ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको जानकारी दिएको छ ।

यस्तै पर्साका १४ वटा स्थानीय तहका लागि पनि निर्वाचन आयोगले निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिकामा , पर्सा जिल्ला अदालतका न्यायाधिश धर्म राज पौडेलले मूख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएको छ ।त्यसैगरी बहुदरमाई नगरपालिकामा उच्च अदालत पाटन हेटौँडा इजलासका उपरजिस्ट्रार कैलाशप्रसाद भट्टाराई, पोखरिया नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता पदम बहादुर कार्की, पर्सागढी नगरपालिकामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका उपरजिस्ट्रार केशवप्रसाद पौडेलले मूख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएको छ ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका उप–सचिव गौतम भण्डारी, ठोरी गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उप–सचिव शिव राज न्यौपाने, जिराभवानी गाउँपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप–सचिव झविन्द्रप्रसाद पाण्डे, कालिकामाइ गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश कोइराला, सखुवा प्रसौनी गाउँपालिकामा महान्यायाधिवक्ता कार्यालय बागमती प्रदेशका उपन्यायाधिवक्ता सूर्य प्रसाद पौडेल, विन्दवासिनी गाउँपालिकामा पर्सा जिल्ला अदालतका सेस्तेदार अरुणकुमार कोइराला, पकाहमैनपुर गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उप–सचिव क्रिषण प्रसाद देवकोटा, धोविनी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका उपन्यायाधिवक्ता कैलाश दाहाल, जगरनाथपुर गाउँपालिकामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव हिरा न्यौपाने र छिपहरमाई गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द निरौलालाइ निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै निर्वाचन आयोगले बाराका पनि १६ वटै स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।जितपुरसिमरा उपमहानगरपालिकामा टिकामणी न्यौपाने , कोल्हबी नगरपालिकामा रमेश श्रेष्ठ , निजगढ नगरपालिकामा शम्भु प्रसाद बराल , महागढीमाइ नगरपालिकामा टिकाराज पोखरेल , सिम्रौनगढ नगरपालिकामा मनोज प्रसाद गुप्ता ,पचरौता नगरपालिकामा नीर बहादुर दाहाल , परवानीपुर गाँउपालिकामा मेघनाथ रिमाल , आदर्शकोतवाल गाँउपालिकामा नवराज जोशी , करैयामाइ गाँउपालिकामा जुद्ध बहादुर आले , देवताल गाँउपालिकामा राजन कुमार बिसी , बारागढी गाँउपालिकामा राजेन्द्र प्रसाद पौडेल , सुवर्ण गाँउपालिकामा शम्भु प्रसाद रेग्मी , प्रसौनी गाँउपालिकामा देव कुमार बराल , फेटा गाँउपालिकामा गोपिकृष्ण रेग्मी र विश्रामपुर गाँउपालिकामा गणेश बहादुर अधिकारीलाइ निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण