एल साल्भाडोरमा एकै दिन ६२ को हत्या



सान साल्भाडोर, १३ चैत । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन्।“यस शनिबार मार्च २६, देशमा ६२ हत्याका घटनासाथ समाप्त भएको छ,“ राष्ट्रिय जनपद प्रहरीले ट्विटरमा पोस्ट गरेको छ । “हामी गिरोहहरू विरुद्धको यो युद्धमा पछि हट्ने छैनौं । यी कार्यका लागि जिम्मेवार अपराधीहरूलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौं,“ प्रहरीले बताएको छ। (रासस–एएफपी)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान