पर्साको सखुवा प्रसौनी गाउँ पालिकाको भवन शिलान्यास
प्रमोद यादव
वीरगन्ज, १४ चैत । पर्साको सखुवा प्रसौनी गाउँ पालिकाको भवन निर्माणको लागी आज शिलान्यास गरिएको छ । गाउँ पालिका भवन बनाउन पचगावां चोकमा रहेको अस्पतालको करिब ८ कठा जग्गामा भवन निर्माणका लागि शिलान्यास गरिएको काँग्रेसक युवा नेता नागेन्द्र चौधरी थारुले जानकारी दिनुभयो ।
सिलन्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फुल मति देवी चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष नियाज अहमद,वडा नम्बर ६ का वडा अध्यक्ष लालबाबु यादव,कांगेस नेता शैलेन्द्र यादव,एमाले नेता बासुदेव महतो, वडा सदस्य पारस चौधरी,प्रदिप चौधरी एमाले नेता यसवन्त यादवले लगायत थिए ।