काठ सहित एकजना तस्कर पक्राउ
प्रमोद यादव
वीरगन्ज, १४ चैत । सब डिभिजन बन कार्यालय सबैया र सबैया साझेदारी बनको संयुक्त गस्ती टोलीले गएराति काठ सहित एकजना तस्करलाई पक्राउ गरेको छ । काठ तस्करी भईरहेको बिशेष सुचनाको आधारमा गस्तीमा गएको बन गस्ति टोलिले गएराति ३ बजे तस्करीको काठ र साइकल सहित पर्सागढि नगरपालिका ३ पकडियाका ३३ बर्षीय जुगेस्वर माझीलाई पक्राउ गरेको हो ।
काठ तस्करीमा संलग्न अन्य चारजना भने भागेका छन् । अध्याँरोको मौका छोपेर वन गस्ती टोलीलाई छलेर चारजना तस्करहरु भागेको वनगस्ती टोलीले जानकारी दिएको छ । भागेका तस्करहरुको खोजी कार्य जारी रहेको सवडिभिजन वन कार्यालय सबैयाका फरेस्टर पुषोत्तम पटेलले जानकारी दिनुभयो ।