श्रीसवा नदी प्रदुषण र अतिक्रमन मुक्त गरौ, वीरगन्ज प्रदुषण मुक्त गरौ भन्दै महानगरपालिका कार्यालय अगाडी धर्ना



वीरगन्ज, १४ चैत । श्रीसिया नदी एवम् वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साले वीरगन्ज महानगरपालिका कार्यालय अगाडी धर्ना दिएको छ । आज बिहान १२ बजेदेखि श्रीसवा नदी प्रदुषण र अतिक्रमन मुक्त गरौ, वीरगन्ज प्रदुषण मुक्त गरौ भन्दै महानगरपालिका कार्यालय अगाडी धर्ना दिएको हो ।

श्रीसिया नदी एवम् वीरगन्ज प्रदुषण मुक्त अभियान पर्साका संयोजक सुरेन्द्र प्रसाद कुर्मीको अगुवाईमा महानगरपालिकालाई दबाब स्वरुप धर्ना दिईएको अभियन्ताहरुले बताएका छन् । आजकै दिनदेखि वीरगन्जलाई प्रदूषणबाट मुक्त बनाउन अगाडि नबढे भविष्यमा समस्या हुने बताउँदै विभिन्न कार्यक्रम मार्फत दबाब दिईएको अभियानका संयोजक कुर्मीले बताउनुभयो ।

उहाँले उद्योगबाट निस्केको फोहोर पानी बन्द गरे सबै फोहोर बिस्तारै कम हुँदै जाने बताउनुभयो । वीरगन्जसँग जोडिएको श्रीसिया नदीसहित सम्पूर्ण नालाको फोहोर पानी प्रशोधन गरेर नदीमा फाल्न व्यवस्था गर्न माग समेत गरिएको छ । उनीहरूले नदीमा छाला र मासु उद्योगको जीवन अवशेष र केमिकलयुक्त पानी बन्द गर्न माग गरेका छन् । धर्नामा अभियानका ओमप्रकाश सर्राफ, कमल चौगाइ, प्रकाश थारू लगायतकाले आफ्नो धारणा राखेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन