पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन



काठमाडौं , १४ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेको छ । विपक्षी पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ । प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने खानमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ ।

गएको ८ तारिखमा विपक्षी दलले खान विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए । खानलाई विश्वासको मत जित्न कठिन रहेको खबरमा उल्लेख गरिएको छ । यसैबीच, प्रधानमन्त्री इमरान खानले आफू विरुद्ध षड्यन्त्र भइरहेको भन्दै राजीनामा नदिने बताउनु भएको छ । एक खास समूह विगत ३० वर्षदेखि पाकिस्तान विरुद्ध सक्रिय रहेको र त्यही समूहले अहिले जनप्रतिनिधिलाई खरिद गर्न खोजेको उहाँको आरोप छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने