वीरगन्जले पाँच बर्षको अवधिमा सरसफाइमा छलांग मारेको मेयर सरावगीको दाबी
वीरगन्ज, १४ चैत । वीरगन्ज महानगरपालिकका नगर प्रमुख बिजय कुमार सरवागीले महानगरको सरसफाईमा वीरगन्जले पाँच बर्षको अवधिमा छलांग नै मारेको दाबी गर्नु भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले वीरगन्ज महानगरपालिकाले बिगत पाँच बर्षमा सरसफाइको क्षेत्रमा उलेख्य सफलता हासिल गरेको बताउनुभयो ।
आफू नगर प्रमुख भएर आएप्छि वीरगन्ज महानगरले मुहार फेरेको र अझै वीरगन्जलाई सफा राख्नका लागि के गर्न सकिन्छ भन्ने बिषयमा बिभिन्न योजनाहरु बनाइरहेको उहाले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ४ का वडावासीले उठाएको प्रश्नको जवाफ नगर प्रमुख सरावगीले दिनु भएको थियो ।