पर्साको पटेर्वा सुगौली गाउँपालिकाको देकुली टोलवासी पाँच महिना देखि अध्याँरोमा बस्न बाध्य



वीरगन्ज, १४ चैत । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ देकुली टोलवासी पाँच महिनादेखि अध्याँरोमा बस्न बाध्य भएका छन् । ग्रामीण विद्युतीकरण अन्तर्गतको सामुदायिक विद्युत उपभोत्ता समितिका पदाधिकारीको लापरवाहीका कारणले पाँच महिनादेखि देकुली टोलवासी विद्युत सेवाबाट बञ्चित भएका हुन् ।

विद्युत उपभोत्ता समितिका पदाधिकारीले उपभोक्तहरुासँग रकम उठाएपनि विद्युत प्राधिकरणलाई नदिएपछि विद्युत प्राधिकरणले विद्युत लाईन काटि दिएको छ । विद्युत लाईन काटिएपछि देकुली टोलवासी पाँच महिनादेखि अध्याँरोमा बस्न बाध्य भएका हु्न् । पाँच महिनादेखि विद्युत सेवा नहुँदा नजिकै आएको अन्तिम परीक्षामा देकुलीका विद्यार्थीलाई झन समस्या भएको अभिभावकहरुले गुनासो गरेका छन् ।

ग्रामीण विद्युतीकरण अन्र्तगतको पटेर्वा सुगौलीमा धरमपुर देकुली सामुदायिक विद्युत उपभोक्ता समिति र सोवर्षा सामुदायिक विद्युत उपभोत्ता समिति गरी दुईवटा सामुदायिक विद्युत उपभोक्ता समितिको विद्युत बक्यौता बाँकी रहेको छ । उपभोत्ता समितिका सचिव रामप्रवेश दासले १५÷१६ बर्षदेखि विद्युत उपभोक्ताको महशुल हिनामिना गरेर नतिर्दा देकुलीवासीले विद्युत सेवा उपभोग गर्न पाएका छैनन् ।

उपभोत्ता समितिको मास्टर मिटरको बक्यौता रकम बाँकी हुदै नयाँ राख्न खोजेकोले विद्युत सेवा आपूर्तिमा ढिलो भएको वडा अध्यक्ष माधव राउत थारुले जानकारी दिनुभयो । समितिका सचिव रामप्रवेश दासले १५÷१६ बर्षदेखि एकलौटी रुपमा समिति चलाएर ग्रामीण सामुदायिक उपभोत्ता समितिको रकम हिनामिना गरेर बक्यौता राखेको स्थानीयले बताएका छन् ।

समस्या समाधानको लागि सामुदायमा पटक पटक छलफल भएपनि सफल नभएको वडा अध्यक्ष माधव राउत थारुले बताउनुभयो । प्रयास जारी रहेको र स्थानीय तहको निर्वाचन अगाडि नै विद्युत आपूर्ति सेवा सुचारु गर्ने प्रयास रहेको बताउनुभयो ।

सोनवर्षा र देकुली, धरमपुर उपभोत्ता समितिको नाममा दुईवटा समिति रहेको जानकारी दिदै अध्यक्ष थारुले सचिव रामप्रवेशकै समस्या उत्पन्न भएको बताउनुभयो । ३२ लाखमा देकुलीको र २२ लाख विद्युत महशुल सोनबर्षाको बाँकी रहेपनि सचिव रामप्रावेशले देकुलीको २२ लाख रुपैंया बाँकी रहेको भन्दै उपभोत्ता समितिसँग रकम लिएर नतिरेको अध्यक्ष थारुले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण