राप्रपा नेपाल हिन्दु राष्ट्रको एजेण्डा लिएर जनता माझ जाने अध्यक्ष कमल थापाको भनाइ



वीरगन्ज, १४ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको एजेण्डा लिएर आफनो पार्टी जनता माझ जाने बताउनु भएको छ । आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब नेपालमा राजसंस्था पुर्नस्थापनको सम्भावना नरहेको भन्दै पार्टीले हिन्दु राष्ट्रको एजेण्डा लिएर जनतामा माझ जाने बताउनुभयो ।नेपालका ९४ प्रतिशत जनता हिन्दु रहेको र हिन्दु राष्ट्रकै एजेण्डाले राप्रपा नेपाललाइ मुलुको शक्तिशाली राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने जिकिर उहाले गर्नुभयो ।

भारतमा भारतीय जनता पार्टीले हिन्दु धर्मकै एजेण्डा बोकेका कारण अहिले सबै भन्दा ठूलो शक्ति बनेर शासन सत्ता चलाइरहेको उदाहरण दिदै थापाले नेपालमा पनि अब राप्रपा नेपालले हिन्दु राष्ट्रको एजेण्डा लिएर शक्तिशाली शक्ति बन्ने बताउनुभयो । २०७० सालको निर्वाचनमा तेश्रो शक्तिका रुपमा राप्रपा नेपाल स्थापित भएपनि पार्टीलाइ अझ ठूलो बनाउने महत्वकांक्षा राखेर गलत प्रवृतिसंग सम्झौता गरेका कारण २०७४ को निर्वाचनमा पार्टीले ठूलो पराजय व्यवहोरेको उहाले स्वीकार्नुभयो ।

त्यहि गल्तीको आत्मआलोचना गर्दै अहिले आफुहरुले नयाँ सोचका साथ राप्रपा नेपाललाइ पुर्नजागृत गर्नु परेको उहाको भनाइ छ ।हिन्दु राष्ट्र , लोकतन्त्र , सुशासन र समृद्धि राप्रपा नेपालको एजेण्डा रहेको र यी नै एजेण्डा लिएर आगामी निर्वाचनमा जनता माझ जाने उहाले प्रष्ट पार्नुभयो ।आगाी स्थानीय तहको निर्वाचनमा राप्रप ानेपालले ७५३ वटै स्थानमा चुनाव लड्ने पनि उहाले बताउनुभयो ।तर स्थानीय निर्वानमा आफनो पार्टीले त्यति धेरै महत्वकांक्षा नराखेको भन्दै उहाले आफुहरुको मुख्य ध्यान आगामी संसदीय निर्वाचनमा रहने बताउनुभयो ।

आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टीको रुपमा स्थापित हुने दाबी पनि उहाले गर्नुभयो । राप्रपा अध्यक्षमा हारेपछि तपाइले पार्टी फुटाउनु भएको हो त ? भन्ने सन्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले आफुले पार्टी फुटाएको नभइ आफु एक्लै पार्टीबाट अलग भएको जवाफ दिनुभयो ।

राप्रपा महाधधिवेशनमा आफुलाइ हराउन पुर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले गरेको नाङगो हस्तक्षेपको भत्सर्ना गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाइ पत्र लखेको तर लिङदेनले कुनै चासो नलिएपछि आफु राप्रपाबाट अलग भएको उहाले जिकिर गर्नुभयो ।उहाले राप्रपा अहिले पनि निर्मल निवासकै रिमोर्ट कन्ट्रोलबाट चलिरहेको आरोप पनि लगाउनुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापाले मुलुक अहिले अन्र्तराष्ट्रिय शक्तिहरुको क्रिडास्थल बन्दै गइरहेको बताउनुभयो ।पत्रकार सम्मेलनमा राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष राजीव पराजुली महासचिव राजाराम वर्तौला लगायतको पनि उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण