प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आगामी शुक्रबार भारत जाने



वीरगन्ज, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आगामी शुक्रबार भारत जाने हुने भएको छ । भारतीय विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको औपचारिक भ्रमणबारे पुष्टि गरेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा पत्नी आरजु सहित प्रधानमन्त्री देउवा नेपाली टोलीको नेतृत्व गर्दै छिमेकी देश भारत जान लाग्नु भएको हो ।

भारत रहँदा प्रधानमन्त्री देउवाले वाराणासी र उत्तर प्रदेशको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो ।परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ। विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ।

त्यस्तै प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा व्यापारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उहाी तीन दिने औपचारिक भ्रमणपछि आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग