विश्वकै सबैभन्दा प्रदूषित सहर काठमाडौं बन्यो



काठमाडौं,१४ चैत । काठमाडौं विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ ।काठमाडौंमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ ।एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ ।

कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ ।एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ । नेपालको पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग