पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बिचको विवाद झन छताछुल्ल, दु्इ छुटटा छुटटै स्थानमा गाँउपालिका कार्यालय भवनको शीलन्याश



वीरगन्ज, १४ चैत । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बिचको विवाद झन छताछुल्ल भएको छ । गाँउपालिकामा निर्वाचित भए देखि नै अध्यक्ष प्रदीप जयसवाल र उपाध्यक्ष फुलमति देवी चौधरी बिच चल्दै आएको विवादले अहिले झन उग्र रुप लिएको छ । दुवै जना तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् । अहिले उनिहरु दुवै जना हालको जसपामै छन् ।

एकले अर्कालाइ भ्रष्टाचारको आरोप लगाउदै आएका अध्यक्ष र उपाध्यक्षले आज दु्इ छुटटा छुटटै स्थानमा गाँउपालिका कार्यालय भवनको शीलन्याश गरेका छन् । आज बिहान ८ बजे उपाध्यक्ष चौधरीले केहि वडा अध्यक्ष र राजनीतिक दलका स्थानीय नेताहरुलाइसंगै राखेर वडा नम्बर २ मा रहेको ९ कठ्ठा सार्वजनिक जग्गामा गाँउपालिका कार्यालयको शीलन्याश गर्नुभएको छ ।

आजै दिउसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ पचगावा बजार छेउकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शीलन्याश गर्नु भएको छ ।गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ निशुल्क दान दिएको ९ कठ्ठा २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शीलन्याश गराउनु भएको हो ।एउटै पालिकाको भवन निर्माणका लागि अध्यक्ष र उपाध्यक्षले दुइ छुटटा छुटटै भवन निर्माणका लागि भन्दै शीलन्याश गरेपछि दुवै जना बिचको विवाद झन छताछुल्ल भएको हो ।

उपाध्यक्ष चौधरीले भ्रष्टचारमा लिप्त अध्यक्ष जयसवालले बाटो नभएको आफनो खेतको मुल्य बढाउने नियतले गाँउपालिका भवनका लागि जग्गा दान दिएर जनतामा भ्रमा छर्न खोजेको बताउनुभयो । आज बिहान आफुले शीलन्याश गरेकै जग्गामा गाँउपालिका भवन बन्ने बताउदै चौधरीले अध्यक्षले दिएको जग्गामा भवन बनाउने निर्णय बोर्ड बैठकबाट नभएको बताउनुभयो । जनताले रोजेको ठाँउमा गाँउपालिका भवन निर्माण हुने भन्दै उहाले भवनका लागि ५० लाख रुपैया बजेट गाँउपरिषदबाट पास भइसेको जानकारी दिनुभयो ।

यता अध्यक्ष जयसवालले भने भवन निर्माणका लागि आफुले गाँउपालिकाको नाममा निशुल्क जग्गा पास गरिदिएको बताउनुभयो ।यसले आफनो लोकप्रियता बढेको देखेर उपाध्यक्ष चौधरीले हतार हतारमा अर्कै ठाँउमा शीलन्याश गराएपनि त्यसको कुनै तुक नभएको जयसवालले बताउनुभयो । साढे ४ वर्ष देखि कार्यालय भाडाको घरमा सन्चालन हुदै आएकाले अब आफनै भवनमा सन्चालन गर्नु पर्छ भनेर आफुले ९ कठ्ठा २ धुर जग्गा गाँउपालिकाको नाममा निशुल्क रजिष्ट्रेशन पास गरि दिएको उहाले बताउनुभयो ।यसअघि हिजो गाँउपालिकाको कार्यालयमा उपाध्यक्ष चौधरीको अगुवाइमा त्यहाका राजनीतिक दलहरुले तालाबन्दी पनि गरेका छन् ।

अध्यक्ष जयसवालले पारदर्शीता नराखेको र व्यापक भ्रष्टाचार गरेको भन्दै विभिन्न आठ राजनीतिक दलले गाँउपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । चार आर्थिक वर्षको गाउँपालिकाको सम्पूर्ण आय व्यय , कर्मचारी नियुक्ती लगायतका विवरण सार्वजनिक गर्नु पर्ने माग गर्दै तालाबन्दी गरिएको हो । नेकपा एमाले, नेपाली काङग्रेस, नेकपा माओवादी, नेपाल सुशासन पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको नेकपा एमालेका नेता यसवन्त यादवले बताउनुभयो ।

गाउँपालिकाको सम्पूर्ण खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेपनि अध्यक्ष जयसवालले उपलब्ध गराउन आनाकानी गरेकोले तालाबन्दी गरिएको यादवको भनाई छ । गाँउपालिका अध्यक्ष जयसवालले भने गाँउपालिका कार्यालयको भवन निर्माणका लागि आज आयोजित शीलन्याश कार्यक्रमलाई प्रभावित गर्ने उद्देश्यले विपक्षीहरुले तालाबन्दी गरेको आरोप लगाउनुभयो ।

यसअघि तीन हप्ता पहिले गाँउपालिका कार्यालयमै अध्यक्ष जयसवाल र उपाध्यक्ष चौधरी बिच गाँपरिषदको विषयलाइ लिएर हात हालाहाल नै भएको थियो । अध्यक्ष जयसवालको कार्यकक्षमै पुगेर उपाध्यक्ष चौधरीले जयसवाल माथि पानीको बोत्तलले प्रहार गरेपछि त्यो घटनाको विषय प्रहरी कार्यालय सम्म पुगेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन