कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै



काठमाडौं,१५ चैत । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ ।
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको हो ।सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ हुनुहुन्छ भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा छन् ।

आज अपरान्ह ३ बजे बस्ने बैठकबाट सम्भवत चुनावी तालमेल गर्ने नगर्ने सम्बन्धमा निर्णय आउने बताउनुभएको छ ।सभापति देउवा पक्षका अधिकांश सदस्यहरु पनि तालमेलकै पक्षमा देखिएकाले कांग्रेसले सैद्धान्तिक रुपमा चुनावी तालमेलको निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग