पर्साको जगरनाथपुर गाँउपालिकाको कार्यालयमा अख्तियारको छापा



वीरगन्ज, १५ चैत । पर्साको जगरनाथपुर गाँउपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेको छ । हेटौडा स्थित आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरिक्षक गणेश बराल नेतृत्वको टोलीले अहिले जगरनाथपुर गाँउपालिकाको कार्यालयमा पुगेर छापा मारेको हो ।

कोभिडले प्रभावित विपन्न परिवारहरुका लागि राहत बाड्न गत पुषमा केन्द्र सरकारले पठाएको अनुदानको रकम भ्रष्टचार गरेको खबर सार्वजनिक भएपछि त्यहि विषयलाइ लिएर आज अख्तियारको टोलीले जगरनापुर गाँउपालिकाको कार्यालयमा छापा मारेको हो । कोभिड प्रभावितहरुलाइ राहत बाड्नका लागि केन्द्र सरकारले जगरनाथपुर गाँउपालिकाको कार्यालयमा ८८ लाख रुपैया पठाएको थियो ।

गाँउपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले उक्त रकम, राहतमा वितरण नगरि स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर दुरुपयोग गरेको आरोप लागेको छ । अख्तियारका प्रहरी नायव उपरिक्षक गणेश बरालको नेतृत्वमा रहेको ५÷७ जनाको टोलीले अहिले जनगरनाथपुर गाँउपालिका कार्यालयमा छापा मारेर अनुदानको रकम दुरुपयोग सम्बन्धि कागज र फाइलहरु संकलन गरिरहेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सुचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण