शक्षक सेवा आयोगकोे परीक्षा आजदेखि सुरू
वीरगन्ज, १५ चैत । शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू भएको छ । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन शुरु गरेको हो । आज माध्यमिक तह माविको शिक्षकको परीक्षा भएको छ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।
आयोगका अनुसार आज मावि तहको परिक्षा भएको र पर्सि बिहिवार निम्न माध्यमिक , आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुनेछ ।