जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वार्टरफाईनल खेल हुदै
वीरगन्ज, १५ चैत । बाराको सिमरामा जारी जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वार्टरफाईनल खेलमा साविक विजेता संकटा क्लब र बाग्मती युवा क्लबबीच खेल हुदैछ । यी दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ६ बजे देखि शुरु हुनेछ । यसअघि हिजो बेलुकी भएको खेलमा सुदूरपश्चिम ११ लाई पराजित गर्दै आयोजक नव जनजागृति युवा क्लब सिमरा , प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया र उपबिजेता टिमले नगद पाँच लाख रुपैया प्राप्त गर्नेछ । प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुनेछ ।