आईपीएलमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बिचको खेल हुने
वीरगन्ज, १५ चैत । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बिचको खेल हुदैछ । यी दुइ बिचको खेल पुणेमा बेलुकी पौने आठ बजे देखि सुरु हुनेछ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् । आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।