मौसम परिवर्तन भएर गर्मी बढेसंगै भाइरल ज्वरो’ र झाढा पखालाको प्रकोप बढ्दै



वीरगन्ज, १५ चैत । मौसम परिवर्तन भएर गर्मी बढेसंगै अहिले ‘भाइरल ज्वरो’ र झाडा पखालाको प्रकोप बढ्दै गएको छ ।मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, टाउको दुख्ने , पखाला लाग्ने जस्ता लक्षणका विरामीहरुको संख्या बढ्दै गएको हो । वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमध्ये ७० देखि ८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको डाक्टरहरुले बताएका छन् ।

नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख डाक्टर उदयनारायण सिंहका अनुसार हाल गर्मी बढेसँगै भाइरल ज्वरो र झाडापखाला जस्ता विरामीहरुको संख्या बढेको हो । मौसम परिवर्तन भएपछि भाइरस सक्रिय भई भाइरल ज्वरोका विरामीहरुको संख्या बढेको भन्दै डा. सिंहले रुघाखोकी र झाडापखालाका विरामीहरु पनि धेरै आउने गरेको बताउनुभयो ।

इन्फ्लुएन्जाको संक्रमणबाट जोगिन खोक्दा, हाच्छिउ गर्दा नाक, मुख छोप्ने , साबुन पानीले पटकपटक हात धुने काम गर्नु पर्ने सुझाव डाक्टर सिंहको छ । यसका साथै अहिलेको गर्मीमा खानपिनमा पनि ध्यान दिनु पर्ने उहाले बताउनुभयो । बढि झोलिलो पदार्थ खाने, प्रशस्त पानी पिउने, हरियो साग सब्जी बढि खाने गरेमा स्वास्थ्यलाइ फाइदा पुग्ने डाक्टर सिंहको भनाई छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन