वीरगन्जको ड्राइपोर्टमा फालिएको बिग्रिएको मलका कारण त्यहाका रूखबिरुवाहरु सुकेर मर्दै



वीरगन्ज, १५ चैत । वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा डेढ वर्षदेखि थन्किएको भिजेको डीएपी मलका कारण त्यहाका रूखबिरुवा मरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको बिग्रिएको मल नष्ट नगर्दा सुख्खा बन्दरगाहमा रहेका रूखबिरुवामा असर गरेको हो । सुख्खा बन्दरगाहको पूर्वी–दक्षिणी भेगमा रेल्वे लिकको पूर्वतर्फ १ हजार २ सय २५ टन बिग्रिएको डीएपी मल , डेढ वर्ष देखि अव्यवस्थित रूपले भण्डारण गरिएको छ ।

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेका अनुसार मल राखिएको स्थानको पूर्वतर्फको बाँस र सिसौका रूखहरु सुकेका छन्  । बिग्रिएको मलले रूखबिरुवा मार्नुका साथै त्यहाँको जमिनको उर्वरा शक्तिमा पनि असर पारेको न्यौपानेले बताउनुभयो । अब पनि उक्त मललाई अन्यत्र नलगिए घना जंगल जस्तै भएको सिसौ र बाँसघारी बिस्तारै नष्ट हुने सम्भावना रहेको उहाको भनाइ छ ।

गत पुस २ मा अर्थमन्त्रीस्तरीय निर्णयबाट उक्त मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तय भएको थियो । अर्थ मन्त्रालयले पुस ११ गते कृषि मन्त्रालयलाई औपचारिक रूपमा जानकारी समेत गराएको थियो । त्यसपछि साल्ट ट्रेडिङ र कृषि मन्त्रालयका अधिकारीहरूको संयुक्त टोली सिर्सिया सुख्खा बन्दरगाहमै आएर निरीक्षण गरेर फर्के पनि मल हटाउने सम्बन्धमा केही प्रगति हुन नसकेको न्यौपानेले बताउनुभयो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयले मल भिजेर आएकाले गुणस्तरहीन भएको भन्दै जफत गरेर नष्ट गर्ने निर्णय गरेको थियो । तर पछि अर्थ मन्त्रालयले उक्त मल कृषि मन्त्रालयलाई दिने निर्णय गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण