धनुषाको सबैलामा मोटरसाइकल दुर्घटनामा परी चार जना बालकको मृत्यु
वीरगन्ज, १५ चैत । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । गएराति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिनुभयो ।
आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए । घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएपनि चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेको प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिुनुभयो । दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ ।