सुनसरीको इटहरीमा बम विष्फोट हुदा २ जना घाइते
वीरगन्ज, १५ चैत । सुनसरीको इटहरीमा बम विष्फोट हुदा २ जना घाइते भएका छन् ।इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विष्फोट हुदा दुई जना घाइत भएका हुन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् । थापाको डेरामा बम विष्फोट भएको हो ।
विष्फोटमा परी घाइते भएका थापाको विराटनगर आँखा अस्पताल र गुरुङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनास्थलबाट कङग्रुएन्ट फ्रन्ट अफ नेपाल कफन नामको समुहको पर्चा बरामद भएको प्रहरीले बताएको छ । कफनले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो । विष्फोटमा घाइते भएकाहरू कफनका कार्यकर्ता भएको प्रहरीको आशंका छ ।