स्थानीय चुनावमा एमालेसँग सहकार्य हुन्छः कमल थापा



भरतपुर, १५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेसँग सहकार्य जाने प्रयास भैरहेको बताउनुभएको छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमालेसँग सहकार्यको प्रयास भैरहेको बताउनुभयो । “एमालेसँग प्रारिम्भक चरणको कुरा भएको छ । राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको महसुस गर्छौँ”, उहाँले भन्नुभयो, “सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।

” स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने दाबी गर्नुभयो । राप्रपा नेपाल पुर्नस्थापना भएको १ महिना ८ दिन भएकाले यसपालीको चुनावमा धेरै ठुलो अपेक्षा नगरेको उहाँको भनाई छ । उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न चूनौती दिनुभएको छ । “अहिले राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउन खोज्नुभएको छ, राजसंस्था पुर्नस्थापना समितिा रुपमा प्रयोग गर्न खोज्नुभएको छ”, उहाँले भन्नुभयो, “बरु पूर्वराजाले पार्टी खोलेर आए बेश हुन्छ, उहाँ पार्टी अध्यक्ष बन्नुभयो भने म पनि जान्छु होला ।

तर यो सम्भव देख्दिन ।” उहाँले १५ वर्षको अवधिमा समेत राजसंस्थाबारे बुझाउन नसकेको स्वीकार गर्नुभएको छ । “राजनीतिक दलहरुसँग सम्बन्ध सुधार्नुस्, जनताको विश्वास जित्नुस् भनेँ, तर १५ वर्षकोबीचमा दल र राजसंसथाबीचको सम्बन्ध झनै बिग्रिन पुग्यो”, उहाँले भन्नुभयो, “सबैको साझा, राजनीतिभन्दा माथि उठेको, कुनै पार्टीमा हस्तक्षेप नगर्ने काम नभएपछि राजसंस्थाको एजेण्डा छोड्यौँ ।”

पूर्वउपप्रधानमन्त्री थापाले नेपाल एकिकरण, प्रजातन्त्र स्थापना, राष्ट्रियता सुदृढिकरण र आधुनिकिकरणमा राजसंस्थाको ऐतिहासिक योगदानलाई राष्ट्रले सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । पूर्वराजासँग २०७३ सालपछि सम्बन्धमा तिक्तता आएको बताउनुभयो । संविधानलाई अस्वीकार गरेर विद्रोहका बाटोमा जान भनेपछि नमानेपछि सम्बन्धमा तिक्तता आएको बताउनुभयो । संविधान जारी भएपछि शुशिल कोइरालालाई प्रधानमन्त्री बनाउन राजसंस्थाले गरेको आग्रहलाई नमानि केपी ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा उभिएपछि राजसंस्था आँफु विरुद्ध लागेको खुलासा गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान