वीरगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन ओबीसी महासंघको प्रथम नगर अधिवेशन सम्पन्न
वीरगन्ज,१५चैत । वीरगन्जमा आज नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग ओबीसी महासंघको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रोमी साहको अध्यक्षतामा ५१ सदस्यिय महानगर कमिटी गठन गरेको छ । अधिवेशनको उद्घाटन सत्रमा ओबीसी महासंघका केन्द्रिय अध्यक्ष तेज प्रकाश निषाद , नेकपा एमालेका नेताहरु विश्वम्भर शर्मा , राज कुमार गुप्ता , विचारी यादव , बसरुद्धिन अन्सारी , शम्भु गुप्ता लगायतको पनि उपस्थिती रहेको थियो ।