रोट्रयाक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको आयोजनामा मातृभाषा विषयक प्यानल छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न
बीरगन्ज, १९ । रोट्रयाक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको आयोजनामा मातृभाषा विषयक प्यानल छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार अनलाइन माध्यमबाट सम्पन्न भएको कार्यक्रममा मातृभाषा बारे विमर्श गरिएको थियो ।
कार्यक्रममा बिष्णु कुमार सिन्जाली मगर ,देवेन्द्र मिश्रा र सतिश कुमार दत वक्ताहरुले मातृभाषा बारे आ-आफ्ना विचार व्यक्त गरेका थिए । वक्तात्रयको प्यानललाई अध्यक्ष आलोक रन्जन कर्णले सहजीकरण गरेका थिए । रोट्रयाक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ बीरगन्ज युनाइटेड को सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले विमर्शको विषयमा आ-आफ्ना जिज्ञासाहरु पनि राखेका थिए ।
रोट्रयाक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसका अध्यक्ष आलोक कर्णले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा क्लब सर्जेन्ट पल्लव ठाकुरले धन्यवाद ज्ञापन गरेका थिए ।