तराई मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्ब आज देखि सुरु



वीरगन्ज, २२ चैत । तराई मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्ब आज देखि सुरु भएको छ । चैत शुक्ल चतुर्थी देखि सप्तमी तिथी सम्म चार दिन विभिन्न विधिका साथ मनाइने चैती छठ पर्वको पहिलो दिन आजको दिनलाइ नहाय खायके दिन भनिन्छ । आजका दिन ब्रतालुले पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी लहसुन प्याज बेगरको शुद्ध साकाहारी खान खाएर पर्व प्रारम्भ गर्छन् ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ पर्ब , सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिर र रोटी मात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयमा बनाइएको छठघाटमा गएर अर्घ दिइन्छ, जसलाई ‘सँझिया घाटे ’ भनिन्छ ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ दिएर छठ पर्व विधिवत रुपमा सम्पन्न गरिन्छ। यो विधिलाई ‘परना ’भनिन्छ । छठ पर्वमा ठेकुवा, भुसुवा सहितका मिष्ठान्न परिकारसहित उखु , केरा , स्याउ लगायतका फलफुल र हरियो तरकारी सहितका सामग्री बर्तालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन