भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य



एजेन्सीैं,२२ चैत । भारतमा पेट्रोल र डिजेलको मूल्यमा ८० पैसाले वृद्धि भएको छ । पछिल्लो दुई हप्तामा भारतमा ९.२० रुपैयाँले इन्धनको मूल्यमा वृद्धि भइसकेको छ ।सरकारी इन्धन खुद्रा बिक्रेताले जारी गरेको नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँ बाट बढेर ९५.८७ रुपैयाँ पुगेको छ ।पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करको आधारमा तय हुन्छ । हरेक राज्यमा करको दल फरक हुन्छ । त्यसैले अलग–अलग राज्यमा पेट्रोल र डिजेलको मूल्य फरक–फरक हुन्छ ।

यद्यपि, मूल्यको अन्तर निकै कम हुन्छ ।गत २२ मार्चमा चार महिनाको अन्तरपछि पहिलोपटक मूल्य वृद्धि भएको थियो । त्यतिबेला देखि अहिलेसम्म यो १३ पटकसम्म पेट्रोल डिजेलको मूल्यवृद्धि भइसकेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान