चुनावी तालमेलमा वीरगन्ज महानगरपालिको नगरप्रमुख पद, काँग्रेस र जसपा दुवैले नछाडेने अडान



वीरगन्ज, २४ चैत । चुनावी तालमेलमा मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिको नगरप्रमुख पद, सत्तारुढ दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपा दुवैले नछाडेने अडान लिएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलहरु बिच चुनावी तालमेल गर्ने निर्णय भइसकेको छ ।

त्यसका लागि केन्द्रमा गठबन्धनका पाच वटै दल निरन्तर छलफलमा छन् । केन्द्रमा भइरहेको छलफलमा काँग्रेस र जसपा दुवै दलले वीरगन्ज महानगरको नगरप्रमुख पद आफुलाइ नै चाहिने भन्दै अडान लिएका छन् । २०७४ को निर्वाचनमा वीरगन्ज महानगरको नगर प्रमुख पद जसपाले र उपप्रमुख पद काँग्रेसले जितेको थियो । त्यहि कारण जसपाले चुनावी तालमेलको भागबण्डामा वीरगन्ज महानगरको नगर प्रमुख पद आफुलाइ नै चाहिने भन्दै अडान लिएको छ ।

जसपाले वीरगन्ज सहित दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्दै वीरगञ्ज महानगरको प्रमुख पद कुनै पनि हालतमा नछाड्ने जनाएको छ ।जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीका अनुसार ६ वटा महानगरपालिका मध्ये वीरगन्ज सहित दुईवटा महानगरपालिकाको प्रमुख पदमा जसपाले दाबी गरेको हो । जसपाले यसअघि जितेको वीरगञ्ज महानगरपालिकामा फेरि पनि नगर प्रमुख पदको दाबी कायमै राखेर अर्को एक महानगरमा दाबी गर्ने सुबेदीको भनाइ छ ।

यद्यपि वीरगञ्ज महानगरको प्रमुख पद भने कुनै पनि हालतमा नछाड्ने बरु अर्को महानगरपालिकाको हकमा जसपालाई प्रमुख पद दिए पनि नदिए पनि फरक नपर्ने सुबेदीले बताउनुभयो ।सुवेदीले मधेस प्रदेशमा जसपाको संगठन र जनाधार दुवै बलियो रहेकाले मधेस प्रदेशमा रहेको एकमात्र महानगरपालिका वीरगन्जको नगर प्रमुख पद जसपाले कुनै हालतमा नछाडने बताउनुभयो । यता नेपाली काँग्रेसले पनि वीरगन्ज महानगरको नगर प्रमुख पद कुनै पनि हालतमा नछाडने बताइ सकेको छ ।

काँग्रेस पर्साले एक हप्ता पहिले पत्रकार सम्मेलन नै गरेर वीरगन्ज महानगरमा चुनावी तालमेल नहुने स्पष्ट पारिसकेको छ । काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले वीरगन्ज काँग्रेसको गढ रहेको भन्दै महानगरको नगरप्रमुख पद काँग्रेसले नछोड्ने बताइसक्नु भएको छ । पर्सा जिल्लाको अन्य पालिकामा चुनावी तालमेल भएपनि वीरगन्ज महानगरमा भने काँग्रेसले चुनावी तालमेल नगर्ने उहाको भनाइ छ । केन्द्रले पनि जिल्ला र स्थानीय तहको सुझाव अनुसार नै चुनावी तालमेल बारे निर्णय गर्ने भएकाले वीरगन्ज महानगरमा काँग्रेस एक्लै लडने क्षेत्रीले बताउनु भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन