स्थानीय तह चुनावका लागि भोली देखि आचारसंहिता लागु हुने
वीरगन्ज, २४ चैत । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि भोली देखि आचारसंहिता लागु गर्ने तयारी भएको जनाएको छ । आचारसंहिताका लागि सम्पूर्ण तयारी सकिएको र सम्भवत भोली देखि लागु हुने निर्वाचन आयोग स्रोतले जनाएको छ । आचारसंहिता लागु भएपछि चुनावमा सहभागी हुने दलहरुले त्यसको अक्षरस पालन गर्नुपर्ने गरि निर्वाचन आयोगले प्रतिवद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ ।
उक्त प्रतिवद्धता पत्रमा अधिकांश राजनीतिक दलहरुले हस्ताक्षर गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।यसबीचमा निर्वाचनको प्रचारप्रसारका क्रममा दल तथा उम्मेदवारबाट हुने निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्न निर्वाचन आयोगले सातै प्रदेशका राजधानी र भारतीय सीमा नाकासांग जोडिएका जिल्लामा अभियान सञ्चालन गर्दै आएको छ । आगामी मंगलबार देखी पदभार ग्रहण गर्न लागेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले आचासंहिताको कार्यान्वयमा ध्यान दिने छन् ।