भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला
काठमाडौं,२४ चैत । भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो । नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोन भन्दा बढी सर्न सक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ । ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमित महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको स्वास्थ्य अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।