जितेन्द्र सोनारलाई धक्का , दिपक यादवको नेतृत्वमा एक दर्जन युवा काङ्ग्रेस प्रवेश गरे



वीरगन्ज ,२४ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका एक दर्जन युवा नेपाली काङ्ग्रेसमा आज प्रवेश गरेका छन । बाराको परवानीपुर गाउँपालिका ३ मा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली युवा नेता दिपक यादवको नेतृत्वमा युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर काङ्ग्रेस प्रवेश गर्नेमा प्रकाश यादव ,नजमुल्लाह मिया , लोकेश यादव ,ओमप्रकाश यादव रहेका छन । यस्तै नेकपा एमाले स्थानीय कार्यकर्ता हरिबेलाश यादव , अर्जुन यादव र सरोज यादव सहितकाले काङ्ग्रेस प्रवेश गरेका हुन् । युवा नेता दिपक यादव लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनार निकट थिए । तर सोनार मधेस सरकारको मन्त्री बनेपछि आफ्नो भाइ भतिजालाइ मात्र अगाडि बढाएपछी यादव असन्तुष्ट बनेका थिए ।

जानकारी अनुसार दिपक यादव काङ्ग्रेसबाट बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा लडने पक्का पक्की भएको छ । अब उनी काङ्ग्रेसको तर्फबाट उम्मेदवार भएर घरदैलोमा सहभागी हुनेछन । नव प्रवेशीहरूलाई नेपाल काङ्ग्रेसका नेता विजय गुप्ता , रामबहादुर यादव , पुन्यदेव यादव ,रामदेव यादव लगायतकाले काङ्ग्रेसमा स्वागत गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन