वीरगन्ज कलेजमा फुड फेस्टिभल आयोजना



वीरगन्ज । वीरगन्जको श्रीपुरमा रहेको वीरगन्ज कलेज प्राईभेट लिमिटेडमा अध्ययनरत स्नातकतहका विद्यार्थीहरुले आज फुड फेस्टिबल आयोजना गरेका छन् ।

कलेज परिसर मै विद्यार्थीहरु फुड फेस्टिभल आयोजना गरेका हुन् । व्यवस्थापन संकायका विद्यार्थीहरुले अगामी दिनमा व्यापार व्यवसायलाई कसरी संचालन गर्ने र आम्दानी कसरी गर्ने भन्ने उद्देश्यका साथ फुड फेस्टिभल आयोजना गरेको उनीहरुको भनाई छ ।

फुड फेस्टिभलमा व्यवस्थापन संकायका विद्यार्थीहरुले विभिन्न प्रकारका परिकार पकाएर बिक्री पनि गरेका थिए । फुड फेस्टिभलमा करिब १५ हजार बराबरको विभिन्न परिकारहरु बिक्री भएको विद्यार्थी आनन्द साहले जानकारी दिनुभयो । उहाँका अनुसार पाठ्यापुस्तकमा अध्ययन गरिएको ज्ञानलाई व्यवहारिक रुपमा व्यापार व्यवसाय पनि संचालन गरेर आय आर्जनको लागि यो फुड फेस्टिभल आयोजना गरिएको हो ।

फुड फेस्टिभलले विद्यार्थीहरुलाई व्यापार व्यवसाय कसरी सञ्चालन गरिन्छ ? बजारमा कुन वस्तु कसरी विक्री गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान हासिल गर्न सहज भएको स्नातक तहको व्यावस्थापन संकायका को–अर्डिनेटर दिपेश दासले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान