देश बचाउन र बनाउन आगामी निर्वाचनमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको विकल्प खोज्न जनतासंग राजेन्द्र लिङदेनको अपिल



वीरगन्ज, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश बचाउन र बनाउन आगामी निर्वाचनमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको विकल्प खोज्न जनतासंग अपिल गर्नु भएको छ ।हिजो र वीरगन्जमा राप्रपाले आयोजना गरेको बिशाल आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ३१ वर्ष सम्म शासन चलाएका काँग्रेस र कम्युनिष्टहरुबाट अब देश नबन्ने भन्दै उनिहरुको विकल्प खोज्नु पर्ने बेला आएको बताउनुभयो ।

देशको मुहार र जनताको जीवनशैली फेर्ने हो भने ३१ वर्ष देखि शासन गर्दै आएका पार्टी र नेता फेर्ने बेला अहिले आएको उहाको भनाइ छ । उहाले भन्नु भयो ,‘ यदि हामीले आफनै जीवनकालमा देशको भविष्य उज्वल बनेको हेर्नुछ भने जनताले अब काँग्रेस र कम्युनिष्टहरुको विकल्प खोज्नै पर्छ , त्यो विकल्प भनेको राप्रपा मात्रै हो ।भारतको बिहारमा विगतमा लालु यादवले शासन चलाएकै शैलीमा , काँग्रेस र कम्युनिष्टले पनि नेपालमा ३१ वर्ष देखि शासन चलाउदै आएका कारण जनताले दुख पाइरहेको उहाले बताउनुभयो ।

विगतका निर्वाचनहरुमा जनताले ठिक पार्टी र ठिक नेता नचुनेकै कामरण देश र जनताले दुख पाइरहेको उहाको भनाइ छ ।काँग्रेस , कम्युनिष्ट र मधेसी दलले गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेकै कारण मुलुक बर्बादीको संकटमा पुगेको आरोपनि उहाले लगाउनुभयो ।देशमा लुटतन्त्र मच्चाउनेहरुलाइ समाप्त पार्नकै लागि राप्रपाले सुशासनको सिद्धान्त र विचार लिएर जनता माझ आएको लिङदेनले बताउनुभयो ।

३१ वर्ष देखि शासनसत्ता चलाइरहेका काँग्रेस र कम्युनिष्टहरुलाइ अब कति पटक चुनाव जितायो भने देश बनाउछन् ? भन्ने प्रश्न गर्दै लिङदेनले त्यसैले नेपाली जनता सामु आफुले हात पसारेर अबको चुनावमा एक पटक राप्रपालाइ अवसर दिएमा राप्रपाले देश बचाउने र देश बनाउने भन्दै आग्रह गरिरहेको बताउनुभयो । उहाले काँग्रेस र कम्युनिष्टहरुकै कारण अहिले मुलुकको अर्थतन्त्र संकटमा परेको आरोप लगाउनुभयो । उहाले मधेसी दलले पनि मधेसी जनताका लागि केहि नगरेको बताउनुभयो ।

मधेसी दलले मधेसी जनताको बलिदानीलाइ सत्तामा पुग्ने भ¥याङ मात्र बनाको उहाले बताउनुभयो ।राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा आयोजित आमसभालाइ राप्रपाका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनी , केन्दिय उपाध्यक्ष ध्रुब प्रधान , महामन्त्रीद्वय भुवन पाठक र राजेन्द्र गुरुङ , सहमहामन्त्री मोहन यादव केन्द्रिय सदस्य एंव नायिका रेखा थापा लगायतले पनि सम्बोधन गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग