आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै
वीरगन्ज ,६ वैशाख । सरकारले आज देखि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन शुरु गरेको छ । राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत आज र भोलि दिन भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाईने लक्ष्यछ । यसैगरि करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।