नेपालमा आज देखि कृषि गणना सुरु



वीरगन्ज ,६ वैशाख । नेपालमा आज देखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ । २०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुदै आएको छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो ।

आजदेखि बैशाख १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले छनोट गरिएका तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ । किसानलाई २४ वटा प्रश्न सोधिने विभागले जनाएको छ । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । यस पटकको कृषि गणनामा गणकले सङ्कटमा रहेका रैथाने पशुपक्षी, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा पनि तथ्याङ्क सङ्कलन गर्नेछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग