निर्वाचनलाई स्वच्छ, निष्पक्ष सम्पन्न गर्न सहयोग गर्ने पर्साका दल र सरोकारवाला निकायहरूको प्रतिबद्धता



वीरगन्ज ,६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष सम्पन्न गर्न पर्साका सबै राजनीतिक दल तथा सरोकारवाला निकायहरूले आआफ्नो ठाउँबाट सहयोग गर्ने निर्णय गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको निर्वाचन लक्षित सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगले गत चैत २५ गते जारी गरेको निर्वाचन आचारसंहिता २०७८ पूर्णरूपमा पालना गर्ने निर्णय गरेको छ ।

बैठकले निर्वाचन आयोगले चैत १६ देखि २२ गतेसम्म स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन दर्ता भएका राजनीतिक दलहरूको लागि जारी गरेको १७ र ६० बुँदे निर्देशन पर्सा जिल्लामा दर्ता भएका सबै राजनीतिक दलले पूर्णरूपमा पालना गरी निर्वाचनलाई मर्यादित बनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । बैठकमा निर्वाचनको क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेलाको सुरक्षा व्यवस्था मिलाउने सन्दर्भमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र त्यस्ता कार्यहरू गर्ने सहमति भएको छ ।

यी कार्यहरू गर्दा स्थानीय प्रहरी प्रशासनलाई मिति, समय, मार्ग र स्थानको बारेमा ७२ घण्टाअगावै जानकारी गराउनुपर्ने र यी कार्यका लागि थप सहजीकरण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेका उपसमितिहरूमा सम्पर्क गर्न सहमति भएको छ । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेपाल सुशासन पार्टी, नेपाल सद्भावना पार्टी, विवेकशील साझा पार्टी, नेपाल जनता पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । पर्सा जिल्लामा ३१ वटा राजनीतिक दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण