तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै



वीरगन्ज ,६ वैशाख । तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दै गएको छ । केही दिनदेखि तापक्रम बढिरहेको र अझै तापक्रम बढ्ने देखिएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।पछिल्लो २४ घन्टामा धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

यस्तै, दिपायल, विरेन्द्रनगर, भैरहवा लगायतका सहरमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा बढी भएको छ ।काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ । गर्मी बढेको बेलामा सकेसम्म दिउँसोको समयमा घरबाहिर ननिस्कन र निस्कनै परे प्रशस्त पानी पिउनुका साथै अनुहार र शरीरमा सिधा घाम पर्न नदिन छाता ओढ्नेलगायत उपाय अपनाउन वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. धुव्र गैह्रेको सुझाव छ ।

गर्मी बढेको बेलामा प्रशस्त पानी तथा दही मोही खान र प्रोटिनयुक्त खाना कम खान पनि उहाँको सल्लाह छ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित सामान्य वर्षा हुने सम्भावना रहेको छ ।प्रि–मनसुनको समय भएकाले केही ठाउँमा बद्ली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण