नेप्से परिसूचक १३.३७ अङ्कले बढ्यो, दुई कम्पनीको शेयरमा सर्किट



काठमाडौं,६ वैशाख । साताको कारोबार तेश्रो दिन सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १३.३७ अङ्कले बढेर २ हजार ३५७.२४ विन्दुमा पुगेको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।कारोबारका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ४९ रुपैयाँ कायम भएको छ।

त्यसपछि क्रमश ः हिमालयन डिस्टिलरी र महालक्ष्मी विकास बैंकको कारोबार भएको छ।मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेका छन्। आज नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। यि दुई कम्पनीका लगानीकर्ताले अधिक कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग